Main News
कोशीका प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबोका स्वकीय सचिवमाथि खुकुरी प्रहार
२०८० मंसिर ११ गते १३:३७

११ मंसिर २०८० काठमाडौं । कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङबोका स्वकीय सचिवमाथि ताप्लेजुङमा खुकुरी प्रहार भएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियुका ताप्लेजुङ सह संयोजक समेत रहेका बिबेक बानियाँमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बानियाँलाई खुकुरी हान्ने फुङलिङ नगरपालिका ४ का प्रेमराज लिम्बू फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिनुभयो ।
बानियाँ र लिम्बुबीच पुरानै लेनदेनको विषयलाई लिएर बिबाद भएपछि खुकुरी प्रहार भएको लुङ्गेलीले बताउनुभयो । गोडामा गम्भीर चोट लागेका बानियाँको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया