Main News

काठमाडौंको बबरमहलमा आफैले बाल्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा

हिमालय टिभी
२०८० मंसिर ११ गते १३:३१
काठमाडौंको बबरमहलमा आफैले बाल्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा

११ मंसिर २०८० काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।

बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताउनु भयो ।

बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले अल्पकालीन रुपमा जेब्रा ट्राफिक राखेपनि दीर्घकालीन रुपले यो हाइवेमा अर्थपूर्ण नहुने बताउनु भयो । उहाँले यसका लागि जनप्रतिनिधिहरुले अण्डर पास वे बाटो बनाउने तयारी गरिरहेको बताउनु भयो ।

सांसद श्रेष्ठले आगामी वर्षमा दीर्घकालीन रुपमा समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *