Main News
जाजरकोटमा थप एक जना भूकम्प पीडितको चिसोका कारण मृत्यु
२०८० मंसिर ११ गते १३:२०
११ मंसिर २०८० जाजरकोट । जाजरकोटमा चिसोका कारण थप एक जना भूकम्प पीडितको मृत्यु भएको छ ।
यो सँगै कात्तिक १७ गते गएको भूकम्पपछि चिसोको कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको हो।
चदारा सुत्केरी भएको एक महिना हुन लागेको थियो। स्थानीय टेकबहादुर नेपालीले चदाराको गएराति चिसोबाट मृत्यु भएको जानकारी दिनुभयो। गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ ।
तीन सय ४६ जना घाइते भएका थिए। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।
प्रतिक्रिया