Main News

निषेधाज्ञाविरुद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ हुँदै

हिमालय टिभी
२०८० मंसिर ६ गते १३:३०
निषेधाज्ञाविरुद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ हुँदै

६ मंसिर २०८० काठमाडौं । माइतीघर मण्डला आसपास निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ हुँदैछ ।

काठमाडौंको माइतीघर आसपासका क्षेत्रमा निषेधाज्ञाविरुद्धको रिट सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । निषेधाज्ञा लगाउने सरकारी निर्णयविरुद्ध अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले हिजो छुट्टाछुट्टै रिट निवेदन दायर गर्नु भएको थियो ।

संविधानले बिनाहातहतियार शान्तिपूर्ण भेला गर्ने अधिकार प्रत्याभूत गरेको भन्दै प्रशासनको निर्णय अन्तरिम आदेशबाट खारेज हुनुपर्ने माग छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर महिनाभर माइतीघर आसपास सभा, जुलुस गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।

भोलि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा एउटा पक्ष र नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो ।

यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा माइतीघर आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि त्यसविरुद्धको रिटमा सर्वोच्चले जनताको शान्तिपूर्ण विरोध प्रदर्शनको अधिकार प्रतिबन्ध नलगाउन परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *