Main News
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
२०८० मंसिर ६ गते १३:१७
६ मंसिर २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
शितलनिवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरुबीच समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया