Main News
टिकटक बन्दविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै
२०८० मंसिर ५ गते १४:०९
५ मंसिर २०८० काठमाडौं । टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमा सुनुवाइ गर्न आज का लागि पुनः पेशी तोकिएको छ।
प्रतिबन्धविरुद्ध परेका रिट सुनुवाइका लागि न्यायाधीश विनोद शर्माको इजलासमा पेशी तोकिएको हो।
हिजो न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेको थियो ।
दायर रिटमा सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक,बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरिएको छ । सरकारले सामाजिक सद्भाव बिगारेको भनेर नकारात्मक कुरालाई मात्र व्याख्या गरेर बन्द गराउनु गलत भएको निवेदकहरूको तर्क छ ।
सामाजिक सद्भाव बिगारेको भन्दै कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया