Main News

गृहको काम प्रभावकारी बनाउन सुझाव दिन समिति गठन

हिमालय टिभी
२०८० मंसिर ४ गते १७:२८
गृहको काम प्रभावकारी बनाउन सुझाव दिन समिति गठन

४ मंसिर २०८० काठमाडौं । गृहमन्त्रालयले कार्यसम्पादन प्रभावकारी बनाउन भन्दै पूर्वमुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

आठ सदस्यीय रहेको समितिमा पूर्वसचिवहरु शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक खङ्ग केसी रहेका छन् ।

कार्यसम्पादन प्रभावकारी बनाउन गर्नुपर्ने उपाय तथा कार्ययोजना तयार पार्न बनाइएको समितिमा पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजसास्त्री विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम पनि रहेका छन् ।

गृहमन्त्रालयका योजना महाशाखा सहसचिवलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । गृहमन्त्रालयमा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा हुँदा हुँदै पूर्वकर्मचारीहरु सम्मिलित अलग्गै समिति बनाएकोमा जानकाहरुले आलोचना गरेका छन् ।

पौड्याल संयोजक रहेको समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । यो समितिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, विपद न्यूनीकरण तथा व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको क्षेत्रमा सुझाव दिने म्याण्डेड दिइएको छ ।

त्यसमा परिणाम देखिने गरी कानुनी, नीतिगत, संरचनागत, कार्यशैलीगत र प्रवृत्तिगत सुधार गर्नुपर्ने भए त्यसमा समितिले सुझाव दिनेछ ।

समितिले आजबाट काम थाल्ने पूर्वसचिव पौड्यालले जानकारी दिनुभयो । पौड्याल माओवादी निकट मानिनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *