Main News

देशको आर्थिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

हिमालय टिभी
२०८० मंसिर ४ गते १३:१९
देशको आर्थिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

४ मंसिर २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रको अवस्थाबारे छलफल गर्न बैठक बोलाउनु भएको छ ।

अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई छलफलका लागि दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाइएको छ ।

अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँग बृहत् बैठकका लागि तयारीस्वरूप प्रधानमन्त्री प्रचण्डले सरकारी अन्तरनिकायका प्रतिनिधसँग छलफल गर्न लाग्नुभएको हो ।

छलफल अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्नेबेला देशको अर्थतन्त्र चुनौतिपूर्ण रहे पनि अहिले राम्रो सुधार आएको तर दबाबमुक्त भने भनइसकेको बताउँदै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *