Main News

टिकटकमाथि प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

हिमालय टिभी
२०८० मंसिर ४ गते १३:१७
टिकटकमाथि प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

४ मंसिर २०८० काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।

सर्वोच्चमा परेका रिट निवेदन सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको छ। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिन मंसिर १ गते सर्वोच्चमा परेका सबै रिटलाई एकसाथ राखी सुनुवाइ गर्न लागेको हो । दायर रिटमा सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरिएको छ ।

सरकारले सामाजिक सद्भाव बिगारेको भनेर नकारात्मक कुरालाई मात्र व्याख्या गरेर बन्द गराउनु गलत भएको निवेदकहरूको तर्क छ । सामाजिक सद्भाव बिगारेको भन्दै कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *