इलाम शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु, ३२ जना घाइते
४ मंसिर २०८० इलाम । इलाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामा र ४० वर्षिया तुल्मा लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाइतेहरुको उद्धार गरी उपचारका लागि झापाको बिभिन्न अस्पतालमा पठाइएको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट इलामको कन्याम घुमेर फर्किएको ना ६ ख ८४२४ नम्बरको बस हिजो साँझ मेची राजमार्गको कोल्बुङमा अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । बस चालक धनुषाकै ४१ वर्षीय हरिगिन राउतलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगाका लागि छुटेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका८ गैरीजिउलामा दुर्घटना भएको हो ।
जिप सडकबाट करिब २ सय ५० मिटर तल भेरी नदी किनारमा खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पताल लगिएको छ । गम्भीर घाइते २ जनालाई भने थप उपचारका लागि सुर्खेत लगिएको छ ।
प्रतिक्रिया