Main News

टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रह

हिमालय टिभी
२०८० मंसिर ३ गते १३:२५
टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रह

३ मंसिर २०८० काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको भन्दै प्राधिकरणले अझै चलेको पाइए जानकारी गराउन आग्रह गरेको हो ।

प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति समेत गठन गरेको छ ।

समितिले ७ दिनभित्र टिकटक बन्द गरे नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेश गर्ने छ । यसअघि प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ ।

सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै सरकारले कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट परेका छन् । त्यसको सुनुवाइ भोलि हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *