ऋणमा डुबेका कम्पनीकै आईपीओको बाढी, जोखिममा लगानी (भिडियो रिपोर्टसहित)

३ मंसिर २०८० काठमाडौं । पछिल्लो समय शेयर बजार उतारचढावपूर्ण अवस्थामा छ । यसबाट लगानीकर्ताहरु निराश छन् । तर यहीबेला साधारण शेयर आइपीओ बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि भएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार अहिले नै २० वटा कम्पनीको करिब १२ अर्बभन्दा बढीको आइपीओ पाइपलाइनमा छन् । कुन कम्पनीको कत्ति आइपीओ आउँदैछ त यो हेरौं ।
अहिले २० कम्पनीका ११ अर्ब ५४ करोड २० लाख रुपैयाँ बराबरको ७ करोड ६० लाख कित्ताभन्दा बढी आइपीओ नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन् । पाइपलाइनमा रहेकामध्ये अधिकांश हाइड्रोपवार कम्पनी छन् । पछिल्ला दिनमा लगातार जलविद्युत् क्षेत्रमा लगानी विस्तार भएको सन्दर्भमा साधारण शेयर बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि हुनु पनि स्वभाविक नै छ ।
कुन कम्पनीको कति आइपीओ जारी हुँदैछ त ?
हिमालयन रिइन्स्योरेन्स
शेयर संख्याः ३ करोड
शेयर मूल्यः ६ अर्ब २४ करोड रुपैयाँ
डिस मिडिया नेटवर्क
शेयर संख्याः १ करोड ३५ लाख
शेयर मूल्यः १ अर्ब ३५ करोड रुपैयाँ
हिमस्टार उर्जा कम्पनी
शेयर संख्याः ११ लाख १९ हजार
शेयर मूल्यः ११ करुोड १९ लाख रुपैयाँ
आइएमई लिमिटेड
शेयर संख्याः १० लाख
शेयर मूल्यः १० करोड
दरमखोला हाइड्रोपावर कम्पनी
शेयर संख्याः ३९ लाख ५० हजार
शेयर मूल्यः ३९ करोड ५० लाख रुपैयाँ
भुजुङ हाइड्रोपावर
शेयर संख्याः १४ लाख ५५ हजार
शेयर मूल्यः १४ करोड ५५ लाख रुपैयाँ
सन्भी इनर्जी
शेयर संख्याः ३७ लाख ९० हजार
शेयर मूल्यः ३७ करोड ९० लाख रुपैयाँ
रिचेत जलविद्युत
शेयर संख्याः ११ लाख ७६ हजार
शेयर मूल्यः ११ करोड ७६ लाख रुपैयाँ
ट्रेड टावर
शेयर संख्याः ११ लाख ५८ हजार
शेयर मूल्यः ११ करोड ५८ लाख रुपैयाँ
सानिमा हाइड्रोपावर
शेयर संख्याः १४ लाख ७० हजार
शेयर मूल्यः १४ करोड ७० लाख रुपैयाँ
कान्तिपुर टेलिभिजन नेटवर्क
शेयर संख्याः ७ लाख ५० हजार
शेयर मूल्यः ७ करोड ५० लाख रुपैयाँ
एपेक्स हस्पिटालिटि
शेयर संख्याः २४ लाख
शेयर मूल्यः २४ करोड रुपैयाँ
एकर्ड फर्मास्युटिकल्स
शेयर संख्याः ७ लाख
शेयर मूल्यः ७ करोड ६ लाख
बेनी हाइड्रोपावर
शेयर संख्याः २० लाख ८० हजार
शेयर मूल्यः २० करोड ८० लाख रुपैयाँ
रिचेड जलविद्युत आयोजना
शेयर संख्याः ११ लाख ७६ हजार
शेयर मूल्यः ११ करोड ७६ लाख रुपैयाँ
यामबालिङ हाइड्रोपावर
शेयर संख्याः २८ लाख
शेयर मूल्यः २८ करोड रुपैयाँ
रिलायन्स स्पिनिङ
शेयर संख्याः ७ लाख ७० हजार
सर्वोत्तम सिमेन्ट
शेयर संख्याः २४ लाख
रिलायन्स र सर्वोत्तम बुक विल्डिङ प्रक्रियामार्फत आइपीओ जारी गर्न तयारी गरिरहेकाले शेयर मूल्य निर्धारण भइसकेको छैन । पछिल्लो समय प्राथमिक शेयर आईपीओमा लगानीकर्ताको आकर्षण निकै बढेको छ । प्रायः कम्पनीहरुको आइपीओमा माग भन्दा धेरै गुणा बढी आवेदन पर्ने गरेको छ । यही आकर्षणको फाइदा उठाउँदै ऋणमा रहेका कम्पनीहरुले ऋण तिर्नैका लागि समेत आइपीओ जारी गर्न थालेपछि सर्वसाधारणको लगानी जोखिममा पर्ने हो की भन्ने आशंका उब्जिएको छ ।
आवेदन दिएका सबैलाई अनुमति दिँदा आम सर्वसाधारणको लगानी जोखिममा पर्ने गरेको भन्दै बोर्डको चर्को आलोचना भइरहेको छ । धितोपत्र बजारमा लगानीकर्ताको संख्या दैनिक रुपमा बढ्दै गएको छ।
अनलाइनबाटै आवेदन दिन सकिने र १०० सय रुपैयाँ अंकित मूल्यमा शेयर किनेर राम्रै मुनाफा पाइने आशाले आइपीओमा लगानीकर्ताको आकर्षण छ । तर पछिल्लो समय घाटामा गएका र बैंकको ऋण तिर्नै मुश्किल परेका कम्पनीको पनि आइपीओ जारी हुने गरेकाले लगानीकर्ता सचेत हुन जरुरी छ ।
प्रतिक्रिया