Main News

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर सत्ता टिक्छ भन्ने नठान्न विप्लवको चेतावनी

हिमालय टिभी
२०८० मंसिर २ गते १६:५६
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर सत्ता टिक्छ भन्ने नठान्न विप्लवको चेतावनी

२ मंसिर २०८० काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिनुभएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा महासचिव चन्दले सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने बताउनुभयो ।

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयप्रति लक्षित गर्दै उहाँले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताउनु भयो ।

महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले लिने दाबी गर्नुभयो । उहाँले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *