Main News

जाजरकोट भूकम्पमा मृत्यु भएकाका परिवारलाई नगद राहत वितरण शुरु

हिमालय टिभी
२०८० कार्तिक २८ गते १३:३३
जाजरकोट भूकम्पमा मृत्यु भएकाका परिवारलाई नगद राहत वितरण शुरु

२८ कात्तिक २०८० काठमाडौं । भूकम्पमा परी मृत्यु भएका रुकुम पश्चिमका ४१ जना मृतकका परिवारलाई नगद राहत वितरण गरिएको छ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६।४ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु भएका सानीभेरी गाउँपालिकामा र आठबीसकोट नगरपालिकामा राहत वितरण गरिएको हो।

सानीभेरी गाउँपालिकाका १० जना मृतकका ६ घरपरिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका ३१ मृतकका २० घरपरिवारलाई ५१ लाख गरेर जम्मा ६७ लाख नगद राहत रकम बाँडिएको हो । जिल्लामा ४१ जना मृतक परिवारका सदस्यलाई नगद राहत उपलब्ध गराइएको छ।

सङ्घीय सरकारबाट प्राप्त भएको नगद राहत रकम मृतकका परिवारलाई बाँडिएको हो। सरकारले निर्णय गरे अनुसार प्रति मृतक २ लाखका दरले नगद राहत वितरण गरिएको छ।

एकै घरका एक जनाभन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र बाँकीलाई एक लाखका दरले थप रकम दिइएको छ। भूकम्पमा परि एकै घरका चार जनासम्मको मृत्यु भएको छ।

सङ्घीय सरकारले मृतक परिवारलाई नगद राहत वितरणको लागि जिल्ला विपत् व्यवस्थापन कोषमा ५ करोड रकम पठाएको थियो।

जसबाट ६७ लाख नगद राहत वितरण गरिएको छ भने अब १२ जना मृतकका परिवारलाई वितरण गर्न बाँकी छ। एक सय एक जनाको मृत्यु भएको जाजरकोटमा भने अहिले सम्म नगद राहत वितरण गरिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *