Main News

आजबाट नेपाल संवत् ११४४ शुरु

हिमालय टिभी
२०८० कार्तिक २८ गते ७:५३
आजबाट नेपाल संवत् ११४४ शुरु

२८ कात्तिक २०८० काठमाडौं । आजबाट नेपाल संवत् ११४४ शुरु भएको छ ।

यस अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले वि सं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराउनुभएको थियो ।

नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा‍ त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वालाई राष्टिय विभूति घोषणा गरेको थियो ।

२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेको थियो । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *