आज नेपाल सम्बतको नयाँ वर्ष, नेवारी समुदायमा म्हः पूजा गरिँदै
![आज नेपाल सम्बतको नयाँ वर्ष, नेवारी समुदायमा म्हः पूजा गरिँदै](https://www.himalayatv.com/wp-content/uploads/2021/11/mha-puja.jpg)
२८ कात्तिक २०८० काठमाडौं । आज नेपाल सम्बतको नयाँ वर्ष, नेवार समुदायले आज म्हः पूजा गर्दैछन्।
कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायकाले आफ्नो आत्मा अर्थात म्हः पूजा गर्ने गर्दछन् । यस वर्ष हिजो र आज दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवतको नयाँ वर्ष मनाइएको छ ।
भक्तपुर नगरपालिकाको निर्णय अनुसार भक्तपुरमा म्हः पूजा पनि हिजो नै गरिएको हो । देशभरका धेरै नेवार समुदायले भने आज नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा गर्दै छन् ।
म्हः पूजाको अर्थ हो शरीर पूजा । तिहारको चौथो अर्थात् कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आफ्नो शरीर पूजा गर्दै म्हः पूजा गर्दछन् । यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका निम्ति म्ह पूजा गरिन्छ ।
म्हः पूजा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गरेर ज्ञानको ज्योति फैलाउने कामना सहित गरिन्छ ।
यसका साथै शरीरमा लागेको पाप र रोग आदि सबै नाश होस्, आयु लामो होस् भन्ने कामनाका साथ पनि गरिन्छ । म्हः पूजा बलिराजालाई साक्षी राखेर गर्छ भन्ने लोकमान्यता छ ।
प्रतिक्रिया