Main News

तिहारको तेस्रो दिन गोवर्द्धन पूजा गरिँदै

हिमालय टिभी
२०८० कार्तिक २८ गते ७:३९
तिहारको तेस्रो दिन गोवर्द्धन पूजा गरिँदै

२८ कात्तिक २०८० काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पूजा गरेर मनाइँदैछ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरुको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिन घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ ।

यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको विश्वास गरिन्छ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ ।
प्ष्कजयचभ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *