Main News

लक्ष्मी पूजाका दिन बिजुलीको पिक डिमाण्ड १ हजार ४ सय ३८ मेगावाट

हिमालय टिभी
२०८० कार्तिक २७ गते १२:४५
लक्ष्मी पूजाका दिन बिजुलीको पिक डिमाण्ड १ हजार ४ सय ३८ मेगावाट

२७ कात्तिक २०८० काठमाडौं । यो वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग पिक डिमाण्ड १ हजार ४ सय ३८ मेगावाट रेकर्ड गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन हिजो साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १ हजार ४ सय ३८ मेगावाट पुगेको रेकर्ड गरेको छ।

गत वर्ष कात्तिक ७ गते लक्ष्मीपूजाको दिन विद्युत् पिक डिमाण्ड १ हजार ३ सय ५ मेगावाट थियो। तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो।

देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको विद्युत् प्राधिकरणले जनाएको छ।

गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो। लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १ हजार ९ सय ५५ मेगावाट रेकर्ड गरिएको छ।

गत वर्ष प्रणालीको पिक डिमाण्ड १ हजार ७ सय ११ मेगावाट थियो। विद्युत् प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष ३४२ मेगावाट पिक डिमाण्ड रेकर्ड भएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनलेनै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *