आर्थिक

सुनको भाउ तोलामा एक हजार घट्यो

हिमालय टिभी
२०८० कार्तिक २६ गते १३:१७
सुनको भाउ तोलामा एक हजार घट्यो

२६ कात्तिक २०८० काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला एक हजार र चाँदी प्रतितोला २० रुपैंयाले घटेको जनाएको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार तीन सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *