आर्थिक

सुनको भाउले कायम गर्‍यो कीर्तिमान, तोलाको १ लाख १५ हजार ५ सयमा कारोबार

हिमालय टिभी
२०८० कार्तिक ३ गते १३:१२
सुनको भाउले कायम गर्‍यो कीर्तिमान, तोलाको १ लाख १५ हजार ५ सयमा कारोबार

३ कात्तिक २०८० काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ ।

हिजो मात्रै उच्च विन्दुमा पुगेको छापावाल सुन आज प्रतितोला एक हजार आठ सयले वृद्धि हुँदै एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

तेजाबी सुनको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको छ । चाँदी एक तोलाको एक हजार ४ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *