चालु आर्थिक वर्षको भदौ महिनामा भित्रियो १ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स

३० असोज २०८० काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा १ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
राष्ट्र बैँकले आज दुई महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गर्दै साउन महिनाको तुलनामा भदौमा केही कम भए पनि १ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
यसअघि साउनमा १ खर्ब १६ अर्ब रेमिट्यन्स भित्रिएकोमा भदौमा केहि कम रेमिट्यान्स भित्रिएको थियो । योसँगै चालु आर्थिक वर्षको पहिलो २ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशतले धेरै हो।
अघिल्लो वर्षको सोही अवधिमा १९ दशमलव ८ प्रतिशतले बढेको थियो । यसैगरी शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको बैंकको रिपोर्टमा उल्लेख छ ।
नेपाल सरकारको खर्च १ सय ३१ अर्ब १४ करोड र राजस्व परिचालन १ सय ४१ अर्ब ८ करोड छ । दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २८ दशमलव ३ प्रतिशतले कमी आएको छ ।
अर्थात् यो संख्या ७४ हजार ४ सय ५५ कायम भएको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा १८ दशमलव ३ प्रतिशतले कमी आउँदै ३२ हजार ४ कायम भएको छ । समष्टिगत माग घट्दासमेत मूल्यवृद्धि उकालो लागिरहेको छ। भदौमा ८.१९ प्रतिशत छ।
प्रतिक्रिया