आर्थिक

चाडपर्व नजिकिँदै, उपभोक्ता थिचिँदै (भिडियो रिपोर्टसहित)

२०८० असोज २१ गते ७:४४
चाडपर्व नजिकिँदै, उपभोक्ता थिचिँदै (भिडियो रिपोर्टसहित)

२१ असोज २०८० काठमाडौं । आर्थिक मन्दीले थलिएका उपभोक्ता चाडपर्वको मुखैमा व्यापारीले गरेको मनोमानी मूल्य वृद्धिले थलिएका छन् । तर सरकारले महंगी नियन्त्रणलाई बेवास्ता गरेको छ । सरकारले नागरिकको पीडा नसुनेको र व्यापारीलाई नियमन गर्न नसकेको भन्दै सडकदेखि संसदसम्मै सरकारको चर्को आलोचना सुरु भएको छ ।

प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले पछिल्लो बजार भाउलाई लक्षित गर्दै कविता मार्फत् सरकारलाई प्रश्न गर्नुभयो । हुन पनि उहाँले भनेजस्तै हुने खानेहरुका लागि त अहिलेको महंगीको खासै प्रवाह नहोला तर गरिबका लागि यसपाली दशैं साँच्चै कसरी टार्ने भन्ने चिन्ताले सताएको छ ।

उहाँ मात्रै होइन सत्तारुढ दलकै सांसदहरुले पनि चाडबाड नजिएपछि महँगी र कालाबजारी नियन्त्रणमा सरकार चुकेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

हुन पनि दशैं नजिकिएसँगै व्यापारीले धामधम सामान लुकाएका छन् । त्यति मात्र होइन मनोमानी भाउ पनि बढाएका छन् । असोज १ गतेसम्म ११० रुपैयाँ किलोमा पाइने चिनी अहिले १४० रुपैयाँसम्म पुगेको छ । मोटा चामल १९५० रुपैयाँ प्रतिबोराबाट २२ सय ५० रुपैयाँ पुगेको छ ।

जिरा प्रतिकेजी ६ सयबाट १३ सय पुगेको छ भने रहर दाल प्रतिकिलो १८५ वटा २४० रुपैयाँ पुगेको छ । यो त केही उदाहरण मात्र हो सबैजसो दैनिक उपभोग्य र तरकारीको मूल्य मनोमानी बढाएका छन् । लत्ताकपडा व्यापारीका लागि त झन कमाउने बेला यही हो भनेर मनलाग्दी मूल्य छ । तर सरकारले अनुगमन गरेर कारबाही गर्नुपर्नेमा आँखा चिम्लिएर बसेको छ ।

चिनी, दाल, जिरा, चामल लगायतका सबैभन्दा धेरै बिक्री हुने वस्तुमा ११५ प्रतिशतसम्म मूल्य बढाएका छन् । जबकी २० प्रतिशतभन्दा धेरै नाफा राखेर सामान बिक्री गर्नुलाई कालोबजारी मान्दै कानुनले त्यस्तो गर्नेलाई एक वर्ष कैद र साढे दुई लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । तर सरकार कालोबजारी नियन्त्रण र नागरिकलाई राहत दिने सबालमा यतिसम्म मुकदर्शक छ कि बजारमा अभाव भएका बेला ७० हजार किलो चिनी भन्डारण र कालोबजारीमा संलग्न गुह्वेश्वरी ट्रेंकलिंकलाई समेत उन्मुक्ति दिएर बसेको छ। बिचौलिया, आयातकर्ता, थोक बिक्रेता र खुद्रा व्यापारीले आफूखुसी तह–तहमा मूल्य बढाउँदा पनि सरकार निरिह छ । नागरिकले सरकार भएको आभाष गर्नै पाएका छैनन् । उल्टै यो वर्षको दशैं तिहार कसरी मनाउने भन्ने दोधारमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *