आर्थिक

सुनको भाउ आज पनि घट्यो

हिमालय टिभी
२०८० असोज १६ गते १३:२३
सुनको भाउ आज पनि घट्यो

१६ असोज २०८० काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ ।

छापावाल सुन आज तोलामा १३ सय रुपैयाँले घटेको हो । लगातार आठौं दिन घट्दा छापावाल सुन तोलाको एक लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज तेजावी सुन एक लाख ६ हजार ७ सय र चाँदी तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ कायम भएको छ । हिजो एक लाख ७ हजार ४ सय रुपैयाँमा तेजावी सुन र चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघकाअनुसार असोज ८ गते यताको ८ दिनमा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले घटेको छ ।

असोज ८ गते एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि ८ दिनमा तोलामा १२० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *