आर्थिक

कित्ताकाट खुले पनि घरजग्गा कारोबारमा फर्किएन लय (भिडियो रिपोर्टसहित)

२०८० असोज ८ गते २०:५२
कित्ताकाट खुले पनि घरजग्गा कारोबारमा फर्किएन लय (भिडियो रिपोर्टसहित)

८ असोज २०८० काठमाडौं । सरकारले अर्थतन्त्र चलायमान बनाउन सरकारले जग्गा कित्ताकाट खोले पनि त्यसको प्रभाव घरजग्गा कारोबारमा भने पर्न सकेको छैन ।

साउनको तुलनामा भदौमा घरजग्गा कारोबार घटेको छ। आर्थिक क्रियाकलापमा आएको शिथिलता र ब्याजदरले गर्दा बजार तयार नहुँदा त्यसको असर घरजग्गा कारोबारमा पनि देखिएको छ।

सरकारले घरजग्गा कारोबार बढाएर अर्थतन्त्रलाई चलायमान गराउन गत साउन अन्तिममा कित्ताकाट खुला गरेको थियो । तर घरजग्गा बजार भने अझै लयमा फर्किएको छैन । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार भदौमा देशभर ३५ हजार ६८६ वटा मात्रै घरजग्गा किनबेच भएको छ । जबकी साउनमा ३९ हजार २६३ वटा कारोबार भएको थियो । यसले घरजग्गा क्षेत्रको शिथिलता यथावत रहेको देखाउँछ ।

गत वर्षभरि शिथिल भएको घरजग्गा कारोबार यस वर्षको जेठमा सुधार भएपछि व्यवसायी उत्साहित भएका थिए । जेठमा ५५ हजार ६९ वटा घरजग्गा किनबेच भएको थियो । तर असारमा यो ४८ हजार ७७१ मा झर्यो भने साउन र भदौमा थप ओरालो लाग्दै गयो । मुलुकको समग्र अर्थतन्त्र सुधार नभएकाले त्यसको असर यो क्षेत्रमा पनि परेको विश्लेषण छ । ५० प्रतिशतमा घटेको यो क्षेत्र लयमा फर्कन अझै केही समय लाग्ने अनुमान छ ।

यो क्षेत्रमा आएको शिथिलताले मात्र होइन घरजग्गा कारोबारलाई व्यवस्थित गर्न नसक्दा सरकारी राजस्वमा सिधा असर परेको छ। गत आर्थिक वर्षमा करिब साढे ७ खर्बको घरजग्गाको कारोबार हुँदा ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । घरजग्गा कारोबार औपचारिक र अनौपचारिक रुपमा हुने हुँदा त्यतिकै बराबरको कारोबार अनौचारिक रुपमा भएको अनुमान छ । जसको प्रभाव सिधा राजस्वमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *