आर्थिक

अलैँचीको मूल्य बढ्यो किसानलाई हर्ष न विस्मात (भिडियो रिपोर्टसहित)

२०८० भदौ ३१ गते १६:२१
अलैँचीको मूल्य बढ्यो किसानलाई हर्ष न विस्मात (भिडियो रिपोर्टसहित)

३१ भदौ २०८० ताप्लेजुङ । पाँच वर्षअघिसम्म ताप्लेजुङका अलैँची किसान प्रतिमन २० देखि २५ हजारसम्म विक्री गर्दै आएका थिए । तर, यो पटक भने अलैँचीले दोब्बर मूल्य पाएको छ । तर पनि किसान भने चिन्तित छन् ।

कालो सुनको नामले परिचित किसानको प्रमुख नगदेबाली अलैँची करिब ६ वर्ष यत्ताकै उच्च बिन्दुमा कारोबार भईरहेको छ । तर किसान भने अझै निराशामै खेती गरिरहेका छन् ।

ताप्लेजुङका किसानले विगत ५ वर्षअघिदेखि प्रतिमन २० देखि २५ हजारसम्ममा अलैँची बिक्री गर्दै आईरहेका थिए । तर यसवर्ष भने अलैँचीको मुल्य दोब्बरले आक्कासिएको छ । मुल्य आकासिए पनि कृषकमा भने कुनैपनि खुसियाली छाएको छैन । अलैँची उत्पादनमा वृद्धि हुँदा भाउ नपाएको र भाउ पाउँदा उत्पादनमा ह्रास आएकाले कृषक निरास भएका हुन् ।

सिँचाईको अभाव, नयाँ प्रजातिका रोग देखिएकाले उत्पादन घटेको कृषक बताउँछन् । ताप्लेजुङमा अहिले करिब ६० हजारको हाराहारीमा अलैँची किनबेच भईरहेको छ । विदेशी माग अत्यधिक आएकाले यो पटक मुल्य आकासिएको अलैँची व्यवसायीको भनाई छ ।

जिल्लामा करिब ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । वार्षिक २ हजार ५ सय बढी मेट्रिक टन अलैँची उत्पादन हुदै आइरहेको छ । नेपालमा ४३ जिल्लामा अलैंची खेती हुने गरेको छ । आन्तरिक खपत नहुँदा विदेशी बजारको भर पर्नु पर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *