आर्थिक

सरकारले अर्थतन्त्र सुधारिएको दावी गरे पनि आम्दानीमा निरन्तर ह्रास (भिडियो रिपोर्टसहित)

२०८० भदौ ३० गते २०:४४
सरकारले अर्थतन्त्र सुधारिएको दावी गरे पनि आम्दानीमा निरन्तर ह्रास (भिडियो रिपोर्टसहित)

३० भदौ २०८० काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्र सुधार्ने प्रयास भइरहेको दाबी गर्दै आएको छ । तर सरकारकै कमजोरीका कारण आम्दानीमा दिनप्रतिदिन ह्रास आइरहेको छ ।

सरकारको आम्दानीको प्रमुख स्रोत राजस्वमा परेको भ्वाङ झनझन गहिरिदो छ । यहीबीचमा अर्थमन्त्रालय र राष्ट्र बैंकको बिग्रदो सम्बन्धका कारण मुलुकको अर्थतन्त्र तत्काल सुधार हुने र सरकारी कोष पनि मजबुत हुने अवस्था देखिदैन । यसले अर्थमन्त्रीको कार्यक्षमतामा समेत प्रश्न खडा गरेको छ ।

२०८० भदौ २९ सम्म सरकारको आम्दानी १ खर्ब ४९ अर्ब रुपैयाँ
गत वर्ष २०७९ भदौ २९ सम्म सरकारको आम्दानी १ खर्ब ५६ अर्ब रुपैयाँ
यो वर्षको भदौ २९ सम्म राजस्व संकलन मात्र १ खर्ब ३६ अर्ब रुपैयाँ

अघिल्ला वर्षमा भन्दा गत वर्ष पनि कम राजस्व संकलन थियो । तर यसपटक त दोस्रो महिनामै सरकारको आम्दानी गत वर्षको भन्दा ६ अर्ब ५८ करोड रुपैयाँले कम छ । सरकारले अर्थतन्त्रलाई गतिदिन नसक्दा अर्थतन्त्रमा प्रमुख क्षेत्र शिथिल अवस्थामै छन् । जसको सिधा असर सरकारको आम्दानी परेको छ ।

अर्थमन्त्रीको निर्देशनमा चल्ने समग्र अर्थतन्त्रलाई उपयुक्त निर्देशनको कमि, प्रभावकारी नीति र महत्वकांक्षी लक्ष्यका कारण अर्थतन्त्र झनझन शिथिल बन्दै गएको छ। अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक कमद चाल्न नसक्दा यो वर्ष अर्थतन्त्र सुध्रने र सरकारको आम्दानी बढ्ने सम्भावना कमजोर बन्दै गएको छ । गत वर्ष सरकारको आम्दानी र खर्चबीचको खाडल २ खर्ब पुगेको थियो । सुरुवाती दुई महिनाको सरकारको क्रियाकलाप र शिथिल अर्थतन्त्रको अवस्था हेर्दा थप बढ्ने अवस्था छ ।

सरकारले लगाएको आयात प्रतिबन्ध पनि हटेको छ । जसका कारण महंगा गाडीदेखि मोबाइलसम्मका सामान ल्याउन कुनै बन्देज नहुँदा पनि राजस्व बढ्न नसक्नु गम्भीर विषय हो । सरकाले बजार नै चलायमान बनाउन नसकेका कारण व्यवसायी खासै उत्साहित छैनन् । यो अवस्थामा सरकार खर्च कटौती गर्ने र व्यवसायीमा कसरी उत्साह भर्ने भन्दा पनि कर्मचारी कसरी भर्ती गर्ने भनेर अस्थायी दरबन्दी सृजना गर्दै बसेको छ ।

१३ सय अधिकृतस्तरका अस्थायी कर्मचारी भर्ती गर्ने निर्णय गरेको छ । बजेट ल्याउँदा खर्च कटौती र अर्थतन्त्र सुधारको गफ दिएका अर्थमन्त्री प्रकाशशरण महत अहिले अर्थतन्त्रलाई गति दिन नसक्दा अर्थतन्त्र शिथिल अवस्थामै रहेको छ । यसले मन्त्री महतको कार्यक्षमता माथि नै प्रश्न खडा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *