आर्थिक

प्याजको परनिर्भरता : १० वर्षमा ४० अर्बको आयात (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ १६ गते २०:५६
प्याजको परनिर्भरता : १० वर्षमा ४० अर्बको आयात (भिडियो रिपोर्टसहित)

१६ भदौ २०८० काठमाडौं । नेपालमा दैनिक उपभोग्यदेखि अन्य धेरै वस्तुप्रतिको परनिर्भरता बढ्दै गएको छ । त्यसमध्ये तराईदेखि मध्य पहाडसम्म खेती गर्ने सम्भावना भए पनि प्याजमा नेपालको परनिर्भरता झनझन् बढ्दै गएको छ।

सरकारले डेढ दशकअघि नै प्याजमा आत्मनिर्भर बन्ने अभियान घोषणा गर्दा पनि प्याजको खेती र उत्पादन दुबै घट्दै गएको छ। पछिल्लो एक दशकमा नेपालीले ४० अर्बभन्दा बढीको प्याज खाएका छन् । चालू वर्षकै डेढ महिनामा ५५ करोडको आयात भइसकेको छ।

सरकारले आर्थिक वर्ष २०६३र०६४ मै पाँच वर्षसम्म प्याजमा आत्मनिर्भर हुने लक्ष्यसहित प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर १८ वर्ष बितिसक्दा पनि न नेपाल प्याजमा आत्मनिर्भर भयो, न उत्पादनको क्षेत्रफल नै बढाउन सक्यो । उल्टै आयातको परिमाण बढ्दै गएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो दश वर्षमा सुकेको प्याज र हरियो प्याज गरी साढे ४० अर्ब रुपैयाँको प्याज आयात भएको छ । चालू आर्थिक वर्षको डेढ महिनामै ५५ करोड ८८ लाखको प्याज आयात भइसकेको छ ।

प्याज कुन वर्षमा कति आयात ?

आर्थिक वर्ष २०७०–०७१
२ अर्ब १४ करोड २४ लाख रुपैयाँ

आर्थिक वर्ष २०७१–०७२
२ अर्ब ९२ करोड ७७ लाख रुपैयाँ

आर्थिक वर्ष २०७२–०७३
३ अर्ब १२ करोड ८६ लाख रुपैयाँ

आर्थिक वर्ष २०७३–०७४
४ अर्ब २० करोड ९८ लाख रुपैयाँ

आर्थिक वर्ष २०७४–०७५
९४ करोड ४ लाख रुपैयाँ

आर्थिक वर्ष २०७५–०७६
५ अर्ब ६२ करोड २५ लाख रुपैयाँ

आर्थिक वर्ष २०७६–०७७
४ अर्ब २२ करोड ४६ लाख रुपैयाँ

आर्थिक वर्ष २०७७–०७८
४ अर्ब ९६ करोड ११ लाख रुपैयाँ

आर्थिक वर्ष २०७८–०७९
६ अर्ब ४५ करोड रुपैयाँ

आर्थिक वर्ष २०७९–०८०
६ अर्ब ८७ करोड ६ लाख रुपैयाँ

कुल ४० अर्ब ६४ करोड रुपैयाँ

प्याजप्रति नेपालको परनिर्भरता यतिसम्म छ की केही दिनअघि भारतले प्याज निर्यातमा ४० प्रतिशत निर्यात कर लगाउँदा अहिले प्याजको मूल्य एकाएक ६० प्रतिशतसम्मले बढेको मात्र छैन बजारमा अभाव नै भएको छ। २०७६र७७ मा नेपालमा २ लाख ८८ हजार टन प्याज उत्पादन भएको थियो ।

त्यस वर्ष स्वदेशी माग धान्न १ लाख ६ हजार टन आयात भएको तथ्यांक छ । यस आधारमा नेपालमा वार्षिक ३ लाख ९५ हजार टन प्याज भए पुग्छ । भान्सामा उल्लेख्य मात्रामा प्रयोग हुने प्याज उत्पादन बढाउनेतर्फ ध्यान नदिँदा प्याज आयात बढेको बढ्यै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *