आर्थिक

खुल्यो तातोपानी नाका, ३० किलोमिटर भित्रकालाई मात्र ओहोरदोहोर सुविधा

हिमालय टिभी
२०८० भदौ १५ गते १३:३४
खुल्यो तातोपानी नाका, ३० किलोमिटर भित्रकालाई मात्र ओहोरदोहोर सुविधा

१५ भदौ २०८० काठमाडौं । चीनसँगको उत्तरी नाका तातोपानी नाका आजदेखि खुल्ला गरिएको छ ।

नेपाल र चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी स्थानीयका लागि मात्रै आवतजावत खोलिएको हो । एकवर्षे अवधिको पासमार्फत दुबै देशका स्थानीय नागरिक आउजाउ गर्न पाउने छन् ।

पहिलो दिन भोटेकोशी गाउँपालिकाभित्रका ३० जना स्थानीयलाई औपचारिकरूपमा नाकामा प्रवेश गराइयो । सर्वसाधरणलाई चीन प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले निलो रंगको पास जारी गरेको छ ।

२२७ जनालाई पास जारी गरिएको अध्यागमन कार्यालय कोदारीका प्रमुख रवीन्द्र पोखरेलले जानकारी दिनुभयो । नाकाबाट ३० किलोमिटर भित्रका सर्वसाधारणले मात्र पहिलो चरणमा चीन प्रवेश गर्न पाउने छन् ।

२०७२ को भूकम्प र कोरोना महामारीपछि तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिना अघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको अवसर पारेर नाका खुलाइएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्युयोर्कबाट प्रधानमन्त्री प्रचण्ड असोज ५ गते बेइजिङ जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *