आर्थिक

राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै

हिमालय टिभी
२०८० भदौ १० गते १३:३३
राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै

१० भदौ २०८० काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दैछ ।

सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ज जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । आज दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भोलि निष्काशन हुनेछ।

अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । घटीमा पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ ।

यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *