आर्थिक

धनकुटाका डेरी : किसान मालामाल (भिडियो रिपोर्टसहित)

२०८० भदौ १ गते १६:२१
धनकुटाका डेरी : किसान मालामाल (भिडियो रिपोर्टसहित)

१ भदौ २०८० काठमाडौं । उत्पादन र बजार दुबै राम्रो भएका कारण धनकुटामा डेरी उद्योग फस्टाउन थालेको छ ।

दुग्धजन्य परिकारले राम्रो बजार लिन थालेसँगै जिल्लामा तीन दर्जनभन्दा बढी डेरी उद्योग संचालनमा आएका छन् । डेरी उद्योग धेरै भएपछि किसानले पनि दुध उत्पादन बढाउँदैछन् ।

केही वर्ष अघिसम्म धनकुटाका कृषकलाई दुध बेच्न समस्या थियो । मिल्क होलिडे लगायत बिभिन्न बहानामा संकलन केन्द्रले दुध नकिन्दा दुध खेर गइरहेको थियो ।
तर, अहिले अवस्था फेरिएको छ ।

गाउँ गाउँमा डेरी उद्योग र टोलटोलमा संकलन केन्द्र खोलिएका छन् । गाँउमा उत्पादन भएको दुध यीनै उद्योगले खपत गर्छन् । घ्यू, छुर्पि र चिजको माग पनि बढ्दो छ । डेरी उद्योगहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् । यसले धेरैलाई रोजगारी समेत प्रदान गरिरहेको छ ।

धनकुटामा अहिले २० वटा उद्योग दर्ता भएर संचालन भइरहेका छन् । दैनिक ३० हजार लिटरको हाराहारीमा दुध उत्पादन हुन्छ । दुधबाट दैनिक करिब पाँच सय किलो घिउ, तीन सय ७५ किलो छुर्पी र दुई सय ५० किलो चिज उत्पादन हुन्छ ।

डेरी उद्योग सञ्चालनपछि किसानले राम्रै लाभ लिएका त छन् नै डेरीमै समेत रोजगारीका अवसर सिर्जना भएका छन् ।

प्रतिक्रिया

One thought on “धनकुटाका डेरी : किसान मालामाल (भिडियो रिपोर्टसहित)

  1. बिगत ६ महिना देखि DDC नेपाल सरकार को सवामित्वो मा रहेको सस्था ले दुध उत्पादन गर्ने किसान को रकम भुक्तानी गरेको छैन अनि पत्रकार साथी भनु हुन्छ किसान मालामाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *