आर्थिक

विकास ऋणपत्रमार्फत ५ अर्ब ८४ करोड अन्तरिक ऋण उठाउने सरकारको तयारी

हिमालय टिभी
२०८० साउन ३१ गते १४:५५
विकास ऋणपत्रमार्फत ५ अर्ब ८४ करोड अन्तरिक ऋण उठाउने सरकारको तयारी

३१ साउन २०८० काठमाडौं । सरकारले विकास ऋणपत्रमार्फत ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने तयारी थालेको छ ।

गत आइतबार विकास ऋणपत्र बोलकबोलमार्फत ६ वर्षका लागि आन्तरिक ऋण परिचालन गर्ने सरकारले तयारी थालेको हो । विकास ऋणपत्र २०८६ ‘ट’ नाम दिएको ऋणपत्रको बोलकबोल साउन ३२ र निष्कासन भदौ १ मा हुनेछ ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ ।

उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *