आर्थिक

चुइगम, टुथपिक, तास र मेकअपका सामानमा नेपालीले गर्छन अर्बौ खर्च (भिडियो रिपोर्टसहित)

२०८० साउन २७ गते १८:१३
चुइगम, टुथपिक, तास र मेकअपका सामानमा नेपालीले गर्छन अर्बौ खर्च (भिडियो रिपोर्टसहित)

२७ साउन २०८० काठमाडौं । गत वर्ष मुलुकले साढे १४ खर्ब रुपैयाँको ब्यापार घाटा ब्यहोर्यो । वार्षिक बढ्दो क्रममा रहेको ब्यापारघाटा कम गर्नु सरकारको लागि टाउको दुखाईको विषय बनेको छ ।

चिया(कफीदेखि टुथपेस्ट र ब्रससम्म, डाइपरदेखि, तास, सियो र श्रृङगारका सामाग्रीसम्म आयातका लागि ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । देख्दा सामान्य लाग्ने यस्ता बस्तुहरुको आयातमा वार्षिक अबौं रुपैयाँ विदेश गइरहेको छ ।

पछिल्ला वर्षहरुमा देशभित्रै उत्पादन गर्न सकिने कृषि उपजदेखि र बिलासी बस्तुहरुको आयात बढ्दो छ । जसको कारण व्यापारघाटा बढेको बढ्यैछ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा मुलुकले १४ खर्ब ५४ अर्ब रुपैयाँको ब्यापारघाटा बेहर्यो । स्वदेशमै उत्पादन हुनेदेखि सामान्य प्रविधि र कच्चा पदार्थको प्रयोगमा स्वदेशै उत्पादन गर्न सकिने सामग्रीहरुको समेत आयातको ग्राफ बढ्दो छ ।

कुन वस्तुको आयातमा कति रकम बाहिरियो ?

पेन, पेन्सिल र मार्कर
५७ करोड ७६ लाख रुपैयाँ

पकेट लाइटर
५२ करोड रुपैयाँ

नङ पालिस
५ करोड २७ लाख रुपैयाँ

फेसक्रिम
७८ करोड ५ लाख रुपैयाँ

बडी लोसन
४६ करोड ९ लाख रुपैयाँ

महिलाको सिन्दुर
१ करोड ५ लाख रुपैयाँ

स्याम्पु
६३ करोड २१ लाख रुपैयाँ

कपालमा लगाउने तेल
६९ करोड ७७ लाख रुपैयाँ

मेकअपका सामान
३६ करोड ४४ लाख रुपैयाँ

सेल्फी स्टिक
६८ लाख ४४ हजार रुपैयाँ

चुईगम
६३ करोड ६२ लाख रुपैयाँ

तास
२१ करोड २७ लाख रुपैयाँ

डाइपर
२१ करोड रुपैयाँ

दाँत माझ्ने ब्रस
५० करोड रुपैयाँ

टुथपिक
१ करोड १३ लाख रुपैयाँ

स्मोकिङ पाइप
२ करोड ४३ लाख रुपैयाँ

धान–चामल, मकै र दाल आयातमा ६७ अर्ब रुपैयाँ बाहिरएको छ। यस्तै स्याउ, कागती, अनार, किवी र एभोकाडोमा ९ अर्ब ४० करोड रुपैयाँ बाहिरिएको छ ।

यस्तो आयातको ग्राफ बार्षिक रुपमा बढ्दो छ । अबको दिनमा उपभोगको परिस्थतीलाई दृष्टिगत गरी अनियन्त्रित उपभोग लक्षित नीतिगत व्यवस्था नगर्दासम्म आत्मनिर्भर अर्थतन्त्र निर्माण केबल गफमा मात्र सिमित हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *