Flash News

जलवायु परिवर्तनले निम्त्याएको असरप्रति प्रधानमन्त्री चिन्तित

हिमालय टिभी
२०८० साउन २७ गते १५:१४
जलवायु परिवर्तनले निम्त्याएको असरप्रति प्रधानमन्त्री चिन्तित

२७ साउन २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनले निम्त्याएको असरप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

आज काठमाडौंमा भएको २४ औं अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले अत्याधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवातको परिणाम विश्वभर नै देखिन थालेको भन्दै उहाँले दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बन्डाइअक्साइड, मिथेयन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले बाढी पहिरो र मानवीय त्रुटीको करण हुने दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले युवाहरुमा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालित गर्दै समतामुलक र शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *