Flash News

चुनावी तालमेल टुंगो लगाउन सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज

हिमालय टिभी
२०७९ वैशाख ५ गते ७:४०
चुनावी तालमेल टुंगो लगाउन सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज

५ वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनमा चुनावी तालमेल टुंग्याउन सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठक आज बस्दैछ ।

गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकले निकास दिन नसकेपछि आज बिहान ९ बजे शीर्ष तहमा छलफल हुन लागेको हो । सत्तारुढ गठबन्धनले प्रतिगमनलाई पराजित गर्न भन्दै चुनावी तालमेलको निर्णय गरेका थिए । तर गठबन्धनमा आवद्व माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले भागबण्डामा बढी सिट दाबी गरेसँगै गठबन्धनमा समस्या देखिएको छ ।

आज प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले समाधानको उपाय निकाल्ने गठबन्धनका नेताहरुले बताएका छन् ।

गठबन्धनका दलहरुले महानगरपालिका र उपमहानगरपालिकामा बढी नै दाबी गरेपछि सकस भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको संयन्त्रको बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर–सिमरा, हेटौंडा, घोराही र धरान उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित बुटवल, हेटौंडा, इटहरी उपमहानगरपालिकाको नेतृत्वमा आफ्नो अडान राखेको छ ।

गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टीले पनि वीरगञ्ज महानगरपालिका तथा जनकपुरधाम र नेपालगञ्ज उपमहानगरपालिका पाउनुपर्ने दाबी गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

गठबन्धन घटकहरुबीच कुरा मिल्न नसकेपछि आज शीर्ष तहमा छलफल हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *