Flash News

दैनिक कोरोना संक्रमित ८ हजारसम्म पुग्ने स्वास्थ्य मन्त्रालयको आँकलन

हिमालय टिभी
२०७९ साउन २३ गते १७:०७
दैनिक कोरोना संक्रमित ८ हजारसम्म पुग्ने स्वास्थ्य मन्त्रालयको आँकलन

२३ साउन २०७९ काठमाडौं । नेपालमा पछिल्लो पटक थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षणमा ४ सय ९८ र २ हजार ४ सय ८९ जनाको एन्टिजेन परीक्षणमा ४ सय ३६ जनामा संक्रमण देखिएको जनाएको छ । पछिल्लो पटक ४ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

अहिले देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ । मन्त्रालयले कोरोनाको चौथो लहर नेपालमा अझै एक महिना रहने निष्कर्ष निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ ।

चौथो लहरमा दैनिक आठ हजार जनासम्म संक्रमित हुन सक्ने इडीसीडीको अनुमान छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले अबको दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा पुग्नसक्ने आंकलन गरिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *