आर्थिक

केरा खेती गर्ने किसानहरू चिन्तित (भिडियो रिपोर्टसहित)

२०८० साउन ५ गते २०:३७
केरा खेती गर्ने किसानहरू चिन्तित (भिडियो रिपोर्टसहित)

५ साउन २०८० पश्चिम नवलपरासी । केरा खेतीमा सिँचाइदेखि मलखादसम्मको समस्या झेलिरहेका नवलपरासी पश्चिमका किसान पलायन हुन थालेका छन् ।

धौधौ गरिएको खेतीलेसमेत बजार नपाउने र आफ्नो उत्पादन उधारोमा दिनुपर्ने समस्याले किसान थप मर्कामा परेका छन् । जसका कारण केरा खेतीमा रहेका किसानले विकल्प खोज्न थालेका छन् ।

विगतका बर्षहरुमा २ हजार ५ सय भन्दा बढी विघा क्षेत्रफलमा केरा खेती हुँदै आएको नवलपरासी पश्चिममा यो वर्ष करिब दुई हजार विघामा मात्र केरा खेती गिरएको छ । रासायनिक मल, सिंचाईं तथा राम्रो बजारको समस्याले नवलपरासी पश्चिम सुस्ता र प्रतापपुरका किसान केरा खेतीबाट पलायन भएका हुन् ।

खेतीमा नोक्सानी हुँदा बीमाले पनि क्षतिपूर्ति दिन आनाकानी गर्ने गरेको छ र सरोकारवाला निकायले पनि बेवास्ता गर्ने गरेको गुनासो किसानको छ ।

तर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियजना कार्यान्वयन ईकाइ रुपन्देही भने बजारीकरणको समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको दाबी गर्छ । साथै बजार विस्तार र केरा खेतीको क्षेत्रसमेत विस्तारमा जोड दिइरहेको परियोजनाको भनाइ छ ।

केरा खेतीमा लागेका किसानहरु पलायनको अर्को कारण चाँहि व्यापारीसँगको उधारो कारोबारसमेत हो । यो वर्ष व्यापारीले नवलपरासी पश्चिमका किसानको दुई करोड भुक्तानी दिन बाँकी छ । ऋण लिएर गरेको खेती कहिले सखापै हुने र राम्रो भए पनि भुक्तानी नपाइने समस्या छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *