आर्थिक

मौद्रिक नीतिमा निर्यात व्यापार प्रवर्द्धनको योजना समेट्न सुझाव

हिमालय टिभी
२०८० असार २९ गते १४:२८
मौद्रिक नीतिमा निर्यात व्यापार प्रवर्द्धनको योजना समेट्न सुझाव

२९ असार २०८० काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नेपालको निर्यात व्यापार प्रबर्द्धनको योजना बनाउन व्यवसायीले राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

कार्यवाहक गभर्नर निलम ढुंगानालाई भेटी नेपाल निर्यात व्यावसायी महासंघले देशको अर्थतन्त्र सुदृढिकरणका लागि निर्यात बढाउनुको विकल्प नरहेको भन्दै नीतिमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका हुन् । महासंघका अध्यक्ष शंकर पाण्डेको नेतृत्वमा गएको टोलीले कार्यवाहक गभर्नर ढुंगानालाई मौद्रिक नीतिमा सकेट्नुपर्ने विषयबारे जानकारी गराएका हुन् ।

स्वदेशी उत्पादनको निर्यात बढाउन सकिए मात्रै अर्थतन्त्र सहि बाटोमा आउने बताउँदै महासंघका अध्यक्ष पाण्डेले निजी क्षेत्रको तत्परतालाई साथ दिनेगरी नीति आउनुपर्ने बताउनुभयो । नेपालले विभिन्न देशबाट खाद्य र उपभोग्य बस्तुहरु आयात गरे पनि त्यसको अनुपातमा निर्यात गर्न नसक्दा व्यापार सन्तुलन गुमेको अवस्था छ ।

नेपालमा उत्पादित वस्तु विदेशमा निर्यात गर्नसके मात्रै मुलुकको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि हुने र वैदेशीक मुद्रा आर्जन हुने भएकाले सोहै अनुसारको नीति लिन महासंघले राष्ट्रबैंकलाई सुझाव दिएको हो ।

महासंघको सुझाव सकारात्मक भएको भन्दै कार्यवाहक गभर्नर ढुंगानाले निर्यातलाई सहज हुनेगरी नीति तय गर्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *