कालु पाण्डे राजमार्ग : भासिएको सडक अझै भएन मर्मत (भिडियो रिपोर्टसहित)

२०८० जेठ २४ गते १७:०७
कालु पाण्डे राजमार्ग : भासिएको सडक अझै भएन मर्मत (भिडियो रिपोर्टसहित)

२४ जेठ २०८० धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाअन्तर्गत कालु पाण्डे राजमार्ग भासिएको लामो समय भइसक्दा पनि मर्मत हुन सकेको छैन । स्थानीयले पटक पटक ताकेता गर्दा पनि डिभिजन सडक कार्यालय नुवाकोटले मर्मतमा चासो नदिएको स्थानीयको गुनासो छ ।

यो भासिएको मार्ग धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ मा पर्ने काँलु पाण्डे राजमार्ग अन्तर्गको क्षेत्र हो । यहाँ सडक भासिएको वर्ष दिन भइसक्यो । तर मर्मत हुन सकेको छैन । योसंगै नगरपालिकाकै वडा नम्बर ३ मा पर्ने सडकखण्ड पनि भासिएको ८ वर्ष बढी समय भइसकेको छ । यहाँ पनि अवस्था उस्तै छ ।

सडकमर्मत समयमा नगर्दा चालकले जोखिम मोलेरै सवारी साधन चलाइरहेका छन् । यात्रु पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडक मर्मतका लागि स्थानीयले डिभिजन सडक कार्यालय, नगगरपालिका र जिल्ला प्रशासन कार्यालय, धादिङमा पटक पटक ध्यानाकर्षण गराइसकेका छन् ।

आफूहरुले सडक मर्मतका लागि धेरै पटक भनेपनि कतैबाट सुनुवाइ नभएको स्थानीयको गुनासो छ । बजेट सकाउने उद्देश्यले मात्रै टालटुल गर्ने गरेपनि टिक्ने गरी काम नगरकोको स्थानीयको आरोप छ ।

वर्षा सुरु हुन लागेकाले सडक थप भासिनसक्ने चिन्ता स्थानीयमा छ । सडकमा थप क्षति भएको अवस्थामा छेउछाउका घर समेत जोखिममा छन् । सडक भासिएको र मर्मत भएको विषयमा डिभिजन सडक कार्यालय नुवाकोटले भने विस्तृतमा मर्मतका लागि सडक विभागमा अध्ययनका लागि पठाएको तर जवाफ नआएका कारण मर्मत गर्न सुरु गर्न नसकेको बताएको छ ।

यो राजमार्गले उत्तरी धादिङ्गका साँखु, धुवाकोट, खाल्टेका साथै उत्तरी धादिङ्गका विभिन्न स्थानलाई जोड्ने महत्वपूर्ण राजमार्ग हो । सडकको नियमित मर्मतका लागि भनेर सरकारले विभिन्न सेवा र वस्तुमार्फत्। अर्बौँ रुपैयाँ कर उठाउँछ । यो सडकको दुरावस्थाले तीनै तहको सरकारलाई गिज्याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *