इलाम कारागारमा सहकारी पसल सञ्चालन (भिडियो रिपोर्टसहित)

२०८० जेठ ३ गते १७:५४
इलाम कारागारमा सहकारी पसल सञ्चालन (भिडियो रिपोर्टसहित)

३ जेठ २०८० इलाम । नेपालको कारागारमा कैदीले हरेक वस्तु प्राप्त गर्छन् । तर, हरेकको मूल्य छ । त्यो पनि असामान्य । विचौलियाले हरेक चिज सहजै उपलब्ध गराएपनि त्यसको चर्को मूल्य लिने गर्दछन् । यसैलाई न्यूनीकरण गर्न इलाम कारागारमा भने सहकारी मोडलमा सहकारी पसल सञ्चालन गरिएको छ ।

कुनै समय इलाम कारागार बद्नाम थियो । कारागारभित्र तास खेल्ने, मदिरा सेवन गर्ने र कैदी फरार हुने जस्ता घटनाले यो कारागार सधैँ चर्चामा रह्यो । तर, अहिले भने कारागारको सुधारको प्रयास थालिएको छ ।

कारागारमा हुने विकृति न्यूनीकरण गर्दै नमुना केन्द्रको रूपमा स्थापना गर्ने उद्देश्यले ‘इलाम कारागार सुरक्षा मार्गचित्र २०८०’ जारी गरिएको छ । मार्गचित्र अनुसार कारागारभित्र सहकारी मोडलमा सहकारी पसल सञ्चालनमा ल्याइएको छ । यसले कुनै पनि कैदीबन्दीले महँगो मूल्यमा सामग्री खरिद गर्नुपर्दैन । कैदीबन्द्यीले पाउने सेवासुविधामा पनि एकरूपता कायम हुने अपेक्षा गरिएको छ ।

कैदीबन्दीले सेवासुविधा प्राप्त गर्दै गरेको भिडियो फुटेज जिल्ला प्रशासनमा कारागार प्रशासनले पठाउनुपर्नेछ । बिचौलियारहित सेवा प्रवाहको बारेमा कागारा सुधार मार्गचित्रका लागि कैदीबन्दी र प्रशासनसँग बसेर छलफल गरिएको थियो ।

कैदीबन्दीले कारागारमा खानेपानीको अभाव भएको गुनासो गरेका छन् । खाना पकाउन, सरफाई गर्न नपाएको तथा बदलिँदो मौसमका कारण बिरामी हुँदा औषधिको अभाव समेत रहेको गुनासो गरेका थिए ।

कारागारमा हाल २० महिलासहित २ सय ७६ जना कैदीबन्दी छन् । महिला कैदीबन्दीका लागि सेनिटरी प्याड, मास्क लगायत स्वास्थ्य समाग्री प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *