चट्याङ लागेर एकै परिवारका चार घाइते
२०८० जेठ २ गते १३:२६
२ जेठ २०८० दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् ।
डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो ।
घाइते चारैजनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको राति नै उद्धार गरिएको थियो । चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा धर्मराज रेग्मीले बताउनुभयो ।
प्रतिक्रिया