प्याब्सक अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित
२०८० वैशाख ३१ गते १५:१६

३१ वैशाख २०८० काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)मा राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार भएको संस्थाको पाँचौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा, महासचिवमा सुदीप काफ्ले चयन भए ।
यस्तै, उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरूङ , कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरूङ चयन भए ।
२०६१ सालमा स्थापित यो संस्थाले विद्यार्थीको पढाइ, शिक्षक, सञ्चालक र प्रधानाध्यापकको क्षमता विकास तथा अधिकारका क्षेत्रमा काम गर्ने गर्दछ ।
प्रतिक्रिया