कछुवा गतिमा सेती लोकमार्ग (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ३० गते १८:५०
कछुवा गतिमा सेती लोकमार्ग (भिडियो रिपोर्टसहित)

३० वैशाख २०८० कैलाली । सेती लोकमार्ग सुदूरपश्चिम प्रदेशको गौरबको आयोजना हो । यसलाई भारत, नेपाल र चीनको त्रिदेशीय सीमा जोड्ने रणनीतिक महत्व बोकेको मार्गको रुपमा हेरिएको छ ।

यसको निर्माण भए सुदूरपश्चिम प्रदेशको समग्र विकासमा कोशेढुङ्गा सावित हुने देखिन्छ । तर आयोजनाको काम भने कछुवा गतिमा अघि बढेको छ ।

दक्षिणको छिमेकी भारत र उत्तरको चीनको ताक्लाकोट सीमा नाका जोड्ने त्रिदेशीय महत्वको सेती लोकमार्गको चर्चा २०४२ सालमा सुरु भयो । सुदूरपश्चिम घर भएका तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पहिलो पटक प्रधानमन्त्री हुँदा उत्तर–दक्षिण सीमा जोड्ने सेती लोकमार्गको आवधारणा ल्याउनुभयो ।

लोकमार्गको अवधारणा २४ वर्षपछि अर्थात २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले नीति तथा कार्यक्रममै समेट्यो । आर्थिक वर्ष २०६६।०६७ यता सेती लोकमार्ग सरकारको नीति तथा कार्यक्रममा छुटेको छैन । तथापि सेती लोकमार्ग निर्माण सुरु भएको झण्डै १४ वर्ष ट्रयाक खोल्नमै सीमित छ ।

सेती लोकमार्ग अन्तर्गत खोलिएका ट्रयाकहरू
–कैलालीको टीकापुरदेखि बझाङको उरै भञ्ज्याङ ९ताक्लाकोट० सीमा नाकासम्म ३ सय ५९ किलोमिटर लामो सेती लोकमार्गको हालसम्म १ सय ८७ किलोमिटर ट्रयाक खोलियो
–टीकापुरदेखि चैनपुरसम्म दक्षिणी खण्डमा पर्ने २ सय ४२ किलोमिटर मध्ये १ सय ४७ किलोमिटर ट्रयाक खोलियो
–चैनपुरदेखि ताक्लाकोटसम्म उत्तरी खण्डमा पर्ने १ सय १७ किलोमिटर मध्ये ४० किलोमिटर मात्रै ट्रयाक खोलियो
–दक्षिणी खण्डमा पर्ने टीकापुरदेखि बौनियाँसम्म १५ किलोमिटर, बौनियाँदेखि ठूलीगाडसम्म ३७ किलोमिटर ट्रयाक खोलियो
–अछामको सेती बुढीगंगा दोभानदेखि साँफेबगरसम्म २४ किलोमिटर ट्रयाक खोलियो
–साँफेबगर–घुघुरकोट–बिडासैनसम्म ३३ किलोमिटर ट्रयाक खोलियो
–दक्षिणी खण्ड अन्तर्गत पर्ने बझाङको रानागाउँदेखि तमिल हुँदै चैनपुरसम्म ३८ किलोमिटर सडकको ट्«याक खोलियो

सेती लोकमार्ग अन्तर्गत खोल्न बाँकी ट्रयाकहरू
–दक्षिणी खण्डमा पर्ने बौनियाँदेखि ठूलीगाडसम्म २० किलोमिटर खोल्न बाँकी
–डोटीको ठूलीगाडदेखि सेती–बुढीगंगा दोभानसम्मको ४० किलोमिटर खोल्न बाँकी
–अछामको सेती बुढीगंगा दोभानदेखि साँफेबगरसम्म ८ किलोमिटर खोल्न बाँकी
–घुघुरकोट–बिडासैनसम्मको १५ किलोमिटर खोल्न बाँकी
– बाजुरामा पर्ने बिडासैनदेखि रानागाउँसम्मको १२ किलोमिटर खोल्न बाँकी

बौनियाबाट ट्र्याक खोल्न सुरु गरिएको सडकमा पर्ने कुहिरा नदीमा पुलको डिजाइन स्वीकृत नहुँदा पुल निर्माण भने अझै सुरु हुन सकेको छैन । तर काडा नदीमा अनक कन्ट्रकसनले पुल निर्माण गरिरहेको छ । बौनियाबाट ठुलिगाडसम्मको ३७ किलोमिटर मध्य तल र माथिबाट ट्र्याक खोल्ने क्रम जारी छ । चोसेकाडासम्म सडक पुग्नै लाग्दा स्थानीय खुसी देखिन्छन् ।

ट्र्याक निर्माण भइरहेको क्षेत्रमा खटिएका इञ्जिनियर सुरेश चौधरीले जेठ महिनाभित्रै ट्र्याक चोसेकाठा गाउँसम्म पु¥याउने योजना बनाएका छन् ।

कैलाली र कञ्चनपुरबाट चीनको सिमाना जोड्ने सेती लोकमार्ग छोटो दूरीको मार्ग हो । यसले भारत र चीन दुई छिमेकी देशको नाकालाई छोएको छ । टीकापुर नाकाबाट भारत र ताक्लाकोट बझाङले चीनलाई छोएको छ । त्रिदेशीय नाकाबाट हुनसक्ने व्यापार, सुदूरपश्चिमको पर्यटन विकास, आर्थिक रुपान्तरण र देशकै लागि चिन्ताको विषय बनेको पहाडी जिल्लाको बसाइँसराई नियन्त्रणका लागि यो आयोजना कोशेढुंगा सावित हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *