मुगुको समता विद्यालय बन्द हुने अवस्थामा (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ३० गते १६:५५
मुगुको समता विद्यालय बन्द हुने अवस्थामा (भिडियो रिपोर्टसहित)

३० वैशाख २०८० मुगु । २०७५ सालमा निजी विद्यालयले सय रुपैयाँ बालबालिकालाई पढाउन थालेपछि मुगुका विपन्न समुदाय निकै खुसी थिए ।

न्यून शुल्कमा गुणस्तरीय शिक्षा भएका कारण विपन्न वर्ग निकै हौसिएका थिए । तर, ५ वर्षमै अहिले मुगुमा खुलेको समता विद्यालय बन्द हुने अवस्थामा छ । विद्यालय सञ्चालन गर्ने वा बन्द गर्नेबारे सञ्चालक समिति अनिर्णित हुँदा विद्यार्थीले पढ्न पाएका छैनन् । ९ महिनादेखि शिक्षक पनि तलबविहीन छन् ।

मुगुको समता स्कुुलमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी तपेन्द्र शाही र पासाङ्ग पुटिक लामा यतिबेला पढ्न पाउने हो कि नपाउने हो भन्ने चिन्ताले पिरोलिएका छन् । उनीहरू कक्षा चारमा अध्ययनरत भएपनि पढ्न पाएका छैनन् ।

२०७५ सालमा गरिव, दलित, पिछडिएका बालबालिकाले सहज गुुणस्तरीय शिक्षा पाउने भन्दै विद्यालयका प्रमुख फाउण्डर उत्तम सन्जेल र सुुर्दशन पौडेलले मुगुमा विद्यालय स्थापना गरे । तर, पाँच वर्ष संस्थापन पक्षले हात झिकेपछि विद्यालयमा अध्ययनरत १ सय ३० जना विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ । विद्यालय सञ्चालनका लागि छाँयानाथ रारा नगरपालिकाले २ कक्षासम्मको अनुुमति दिइएको छ । तर विद्यालयले मनोमानी ढंगले कक्षा ४ सम्म सञ्चालन गरिरहेको छ ।

सय रुपैयामा पढ्न पाउने लोेभमा भर्ना भएका गरिब, दलित विद्यार्थी पछिल्ला केहि वर्षदेखि मासिक ५ सय तिरेर पनि पढ्न पाएका छैनन् ।

अन्य विद्यालय भर्ना हुनका लागि स्थानान्तरण प्रमाणपत्र आवश्यक पर्छ । तर, विद्यालय दिने अवस्थामा छैन । विद्यालय स्तर एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली अर्थात् ९आई।ई।एम।आई।एस० विद्यालयले अद्यावधिक गराएको छैन । अभिभावक समेत बालबालिकाले पढ्न नपाएकोमा चिन्तित छन् ।

विद्यालयमा अध्यापन गराइरहेका ५ शिक्षकले ९ महिनादेखि तलब पाएका छैनन् । विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने किचलोले विद्यार्थीको पढाईमा अन्योल थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *