रुसले आपूर्ति कटौती गरेपछि युरोपमा ग्यासको भाउ लगातार बढेको बढ्यै

१२ साउन २०७९ जर्मनी । युरोपमा ग्यासको मूल्य लगातार वृद्धि भइरहेको छ ।
यसै साताको शुरूमा रुसले जर्मनी र अन्य मध्य युरोपेली देशमा ग्यास आपूर्तिमा कटौती गरेपछि ग्यासको मूल्य थप बढेको हो । रुसले युक्रेनमा आक्रमण थालेयता युरोपेली ग्यासको मूल्य झण्डै २ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
आलोचकहरूले रूस सरकारले ग्यासलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । रुसले नर्ड स्ट्रिम वान पाइपलाइनको माध्यमबाट जर्मनीमा आपूर्ति कटौती गर्दै आएको छ ।
यो पाइपलाइन अब आफ्नो सामान्य क्षमताको पाँच भन्दा कम क्षमतामा सञ्चालन भइरहेको छ ।
उता रुसको ऊर्जा फर्म ग्याजप्रोमले टर्बाइनमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आपूर्तिमा कटौती भएको जनाएको छ ।
जर्मन सरकारले भने आपूर्ति कटौती हुनुमा कुनै प्राविधिक कारण नभएको बताएको छ । रुस–युक्रेन युद्धअघि जर्मनीले यही पाइपलाइनमार्फत आफ्नो आधाभन्दा बढी ग्यास आपूर्ति गर्ने गरेको थियो ।
प्रतिक्रिया