समाज

दुनैमा खानेपानी हाहाकार, सरोकारवालाले पहल नगरेको स्थानीयको आरोप (भिडियो रिपोर्टसहित)

२०७९ असार ३२ गते १७:०४
दुनैमा खानेपानी हाहाकार, सरोकारवालाले पहल नगरेको स्थानीयको आरोप (भिडियो रिपोर्टसहित)

३२ असार २०७९ डोल्पा । डोल्पा सदरमुकाम दुनै बजारका बासिन्दाले खानेपानीको समस्या भोगेको धेरै भयो । खानेपानीसम्बन्धी समस्या समाधानका लागि सरोकारवालाले पहल नगरेको उनीहरुको आरोप छ । तर उपभोक्ता समितिले पहल गरिरहेको र छिट्टै समाधान हुने दाबी गरेको छ।

व्यवस्थापन राम्रो नहुँदा डोल्पा सदरमुकाम दुनै बजारमा लामो समयदेखि खानेपानीको समस्या छ । पर्याप्त पानी आपूर्ति नहुँदा नागरिकको दैनिकी कठिन बनेको छ । पानी ल्याउनका लागि दैनिक धेरै समय खर्चनुपर्ने स्थानीयको बाध्यता छ ।

पानी आपूर्ति नियमित र व्यवस्थित गर्ने उद्देश्यले २०६० सालमा दुनै खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन भयो । व्यवस्थापन समितिले पानी प्रयोगवापत शुल्क पनि उठाउँदै आएको छ । यद्यपि दीर्घकालीन रुपमा समस्या समाधानका लागि काम गर्न सकेको छैन ।

डोल्पा सदरमुकाम दुनै बजारमा करिब ४ सय घर छ । खानेपानी घरसम्म पुर्‍याउनका लागि विछ्याइएको पाइप पनि अस्तव्यस्त छ । पानीको समस्या भोग्दै आएका दुनैवासी दीर्घकालीन समाधान कुरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *