समाज

प्रस्तावित गेटा मेडिकल कलेज चिकित्सा विश्वविद्यालय बन्न किन आवश्यक ? (भिडियो रिपोर्टसहित)

२०७९ असार २८ गते १७:०४
प्रस्तावित गेटा मेडिकल कलेज चिकित्सा विश्वविद्यालय बन्न किन आवश्यक ? (भिडियो रिपोर्टसहित)

२८ असार २०७९ कैलाली । कैलालीको गेटामा निर्माण भएको प्रस्तावित गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्व विद्यालयमा रुपान्तरण गर्नुपर्ने विषयमा अध्ययन शुरु भएको छ ।

राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्ने स्थानीयको मागमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले पनि साथ दिएको छ ।

प्रस्तावित गेटा मेडिकल कलेजको भौतिक पूर्वाधारको काम ९० प्रतिशत पूरा भइसकेको छ । गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने बहस शुरू भएपछि संसदको शिक्षा तथा स्वास्थ्य समितिले स्थलगत अध्ययन गरेको छ ।

एमाले सचिव तथा समिति सदस्य योगेश भट्टराई नेतृत्वको १० सदस्यीय टोली अध्ययनपछि कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा रुपान्तरण गर्न सकिने निष्कर्षमा पुगेको छ ।

राष्ट्रिय चिकित्सा विश्वविद्यालयले चिकित्सा शिक्षामा दीर्घकालिन विकास गर्ने भएकाले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा समेत महत्वपूर्ण हुने जनप्रतिनिधिको विश्वास छ ।

हाललाई कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्र सबै काम सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ ।

चिकित्सा शिक्षामा मात्र नभई सुदूरपश्चिमको विकासमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले नागरिकसमेत राष्ट्रिय चिकित्सा विश्वविद्यालय छिटो सञ्चालनमा आउनुपर्नेमा जोड दिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *