अवैध रुपमा भारत लैजाँदै गरेको ह्वाइट पप्पी सिड प्रहरी नियन्त्रणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १७ गते १८:३४
अवैध रुपमा भारत लैजाँदै गरेको ह्वाइट पप्पी सिड प्रहरी नियन्त्रणमा (भिडियो रिपोर्टसहित)

१७ असार २०७९ नेपालगञ्ज । नेपालगञ्ज नाका हुँदै अवैध रुपमा भारत लैजाँदै गरेको ह्वाइट पप्पी सिड प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय कन्टेनरमा जमुनाह नाका हुँदै भारत लैजाँदै गर्दा प्रहरीले ह्वाइट पप्पी सिड नियन्त्रणमा लिएको हो । प्रहरीले कन्टेनरको जाँच शुरु गरेपछि चालक र सहचालक चाबी लिएर फरार भएका थिए ।

कन्टेनर फोडेर हेर्दा च्याम्बरमा लुकाएर राखेको २५ केजी तौल भएको २५० बोरा ह्वाइट पप्पी सिड फेला परेको हो ।

बोरामा ह्वाइट पप्पी सिड, प्रोडक्ट अफ इटली लेखिएको छ । बोराभित्र पहाडी क्षेत्रमा उत्पादन हुने ससाना गेडागुडी जस्तो सामग्री छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *