विदेश

भागदौड मच्चिँदा मोरक्कोमा २३ जना आप्रवासीको मृत्यु

हिमालय टिभी
२०७९ असार १२ गते ७:४८
भागदौड मच्चिँदा मोरक्कोमा २३ जना आप्रवासीको मृत्यु

१२ असार २०७९ मोरक्को । स्पेन जान खाज्ने आप्रवासीबीच भागदौड मच्चिंदा मोरक्कोमा २३ जना आप्रवासीको मृत्यु भएको छ ।

सयौँ घाइते भएका छन्। केही प्रहरी पनि घाइते भएका छन्। । सिमानामा रहेको फलामको बार चढ्न खोज्दा खसेर उनीहरूको मृत्यु भएको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा अधिकांश अफ्रिकी नागरिक छन्।

मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षाकर्मीले उनीहरुलाई रोक्न खोजेका थिए । केहीले तार जाली काटेर समेत सिमाना पार गर्ने प्रयास गरेका थिए ।

सिमाना पार गरे स्पेन पुगेका आप्रवासीहरू स्थानीय आप्रवासी केन्द्रमा पुगेको र त्यहाँ उनीहरूको परिस्थितिको समीक्षा भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

गत मार्चमा पनि मेलिलालाई घेरेको ६ मिटर अग्लो बार नाघेर स्पेन छिर्ने प्रयास गरेका ३५ सय सयभन्दा बढी आप्रवासीको दुई दिनको प्रयासमा करिब एक हजार जना सफल भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *