Main News

नाटकमार्फत सामाजिक समस्या हटाउने प्रयास (भिडियो रिपोर्टसहित)

२०७८ चैत १८ गते १८:४९
नाटकमार्फत सामाजिक समस्या हटाउने प्रयास (भिडियो रिपोर्टसहित)

१८ चैत २०७८ खोटाङ । समाजिक समस्या देखाउन र समाधानका लागि नाटक सहयोगी हुन सक्छ । त्यही भएर नै खोटाङमा साइनो कला केन्द्रले कचहरी नाटकमार्फत वैदेशिक रोजगार, पारिवारीक झगडा लगायत अन्य समाजिक समस्या हटाउने प्रयास गरिरहेको छ ।

नाटकबाट वैदेशिक रोजगारले समाजमा समस्या निम्त्याएको समस्या र पारिवारिक झैंझगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असर र गरिबीका कारण विद्यार्थीले भोग्नुपरेको विभेदलाई देखाउन खोजिएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा तयार गरिएको जनचेतनामूलक कचहरी नाटक सोल्मा, दिक्तेल बहुमुखी क्याम्पस, खार्मी लगायतका ठाउँमा प्रदर्शन भैसकेको छ ।

यसले समाजमा परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ । कचहरी नाटक विद्यालयमा पनि प्रस्तुत भैरहेको छ । नेपाली समाजमा भएको समस्यालाई यथार्थ चित्रण गरेर कचहरी नाटक प्रस्तुत हुँदा सबैलाई राम्रो लागेको छ ।

दिक्तेल रुपाकोटले किन गाँउ–गाँउमा गएर नाटक देखाउने कार्यक्रमलाई प्राथमिकता दियो त ?

साइनो कला केन्द्रमा कचहरी नाटक सम्वन्धी १० दिने प्रशिक्षण दिएपछि स्थानीयले नै कचहरी नाटकमार्फत गाउँमा चेतना फैलाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *