रुसी राष्ट्रपति पुटिन युक्रेन संकटको कूटनीतिक समाधानमा सहमत

९ फागुन २०७८ काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन संकटको कूटनीतिक समाधानलाई प्राथमिकता दिन र पूर्वी क्षेत्रमा युद्धविरामको आवश्यकतामा सहमति जनाएका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको टेलिफोन कुराकानीमा पुटिनले यस्तो सहमति जनाएका हुन् । कुराकानीका क्रममा पुटिनले युक्रेनसँगको सीमामा तनाव बढेकोमा युक्रेनी सेनालाई दोष दिएका थिए ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि रुस युक्रेन तनावका विषयमा कुराकानी गरेका थिए । म्याक्रोनले राखेको बाइडेन र पुटिनबीच शिखर वार्ताको प्रस्ताव दुवै नेताले सिद्धान्तत स्वीकार गरेको बताइएको छ ।
युक्रेनले मस्को हस्तक्षेपको बहाना बनाउने उद्देश्यले उक्साउने अभियानमा रहेपनि आफुले संयमता नगुमाउने बताइरहेको छ । अमेरिकालगायतका पश्चिमा मुलुक रुस युक्रेनमाथि आक्रमण गर्न तयार रहेको विश्वास गर्छन् ।
मस्कोले भने यसलाई अस्वीकार गर्दै आएको छ। युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युक्रेनी सेना र रुसी समर्थित विद्रोहीबीच संघर्ष चलिरहेको छ ।
प्रतिक्रिया